रास्वपाका सभापति लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध

1 year ago

रास्वपाका सभापति लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध

 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध गरेका छन् ।

लामिछानेको अभिव्यक्तिका बिषयमा महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रमा उनीहरुले लामिछानेले सञ्चारमाध्यममाथि गरेको टिप्पणी सामान्य नभएको भन्दै विरोध गरेका हुन् । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष डा महेन्द्र बिष्टले लामिछानेले अराजक अभिव्यक्ति दिएको भन्दै उनको शैली धम्कीका बिषय स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाले राज्यले लामिछानेको अभिव्यक्तिलाई नोट गर्नुपर्ने र हिंसा भड्काउने अभिव्यक्तीलाई रोक्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले नेपाली प्रेस जगतमाथि लगाइएको लाञ्छनाप्रति क्षमायाचना गर्नुपर्ने बताउनुभयो । उहाले कसैले धम्की दिदैमा नेपाली प्रेस जगत नहल्लने जिकिर गर्नुभयो ।

त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले लामिछानेको अभिव्यक्ती सामान्य नभएको र प्रेस जगतका लागि थ्रेट भएको बताउनुभयो । यस्ता बिषयमा चूप लागेर बसे आगामी दिनमा प्रेस जगतमाथिको आक्रमण बढ्दै जाने उहाले बताउनुभयो ।

कार्यक्रममा महासंघका महासचिव रोशन पुरीले प्रेस क्षेत्रमाथिको हमला कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै पत्रकारका सवै संघ संगठनहरुले प्रतिवादको पहल गर्नुपर्ने धारणा राख्नुभयो ।