राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न बिद्यार्थीहरुलाइ लिङ्देनको आग्रह

1 year ago

राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न बिद्यार्थीहरुलाइ लिङ्देनको आग्रह

 

उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला उद्घाटन गर्दै राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देनले अहिले राष्ट्रियतामाथि चौतर्फी प्रहार भइरहेको भन्दै राष्ट्रियताको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको हो । उहाले विद्यार्थीहरुले पढेर शैक्षिक प्रमाणपत्र प्राप्त गरेर टेक्ने देश रहेन भने प्रमाणपत्रको कुनै कुनै अर्थ नरहने बताउनुभयो । लिङ्देनले पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गुण्डा उत्पादन गर्ने नभई देशभक्त उत्पादन गर्ने संगठन भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले पार्टीलाई बलियो बनाउनका साथै पार्टीमा बलियो भूमिका स्थापीतका लागि जिल्ला जिल्लामा गएर काम गर्न सुझाव पनि दिनुभयो ।

लिङ्देनले मुलुकको शैक्षिक प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानामात्रै भइरहेको अवस्थामा समयसापेक्ष मुलुकको शैक्षिक प्रणालीलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।