राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

1 year ago

राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।



शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको निर्वाचन कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाको उहाँको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ । उम्मेदवारी दर्तापछि नेम्वाङले जनताको राष्ट्रपतिको महशुस हुनेगरि काम गर्ने बताउनुभयो । आठ दलीय गठबन्धनबारे आफूले कुनै टिप्पणी नगर्ने उहाले बताउनुभयो ।

 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफूहरुले अनुभवी व्यक्तिलाई अगाडि सारेको र एमालेको उम्मेदवार सर्वत्र स्वीकार्य हुने बताउनुभयो । उहाले आठ दलिय गठबन्धन नवनेको समेत दावी गर्नुभयो । ओलीले दलीय स्वार्थका लागि नभएर राष्ट्रिय हितका साथै संविधानको रक्षा र कार्यान्वयनका लागि एमाले अघि बढेको जिकिर गर्नुभयो ।
संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङ प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित हुनुभएको थियो ।