राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन

1 year ago

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन

 

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।

बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावली अनुसार संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । उहाले प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी तथा नामावली सच्चाउने काम बिहीबार १२ बजेसम्म गर्न सकिने बताउनुभयो । निवेदन वा उजुरी पर्न आएमा जाँचबुझ गरि शुक्रबार ४ बजे अन्तिम नामावली प्रकाशन गरिने पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । संघीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत ३ गते हुने गरी मिति तय गरिएको छ ।