राष्ट्रपति कांग्रेसको हुने नेता सिंहको दाबी

1 year ago

राष्ट्रपति कांग्रेसको हुने नेता सिंहको दाबी

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवको राष्ट्रपति कांग्रेसबाटै बन्ने दावी गर्नुभएको छ ।

शुक्रबार नेपाल जेशिसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सवैको समर्थन हुने र अवको राष्ट्रपति कांग्रेसबाटै बन्ने दावी गर्नुभएको हो । उहाले शक्तिसन्तुलन मिलाउनका लागि पनि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति खोज्ने जिकिर गर्नुभयो । संसदको पहिलो दल कांग्रेस भएकाले पनि राष्ट्रपतिमा आफुहरुको दाबी स्वभाविक हुने उहाको भनाइ छ । त्यस्तै नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहले बताउनुभयो ।

उहाले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताउनुभयो ।