राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने कांग्रेस नेता दिपक खड्काको दाबी

1 year ago

राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने कांग्रेस नेता दिपक खड्काको दाबी

 

नेपाली कांग्रेसका नेता दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गर्नुभएको छ ।

रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा खड्काले प्रखर, योग्य र निष्ठापूर्वक राजनीति गरेको व्यक्तित्वलाई कांग्रेसले अघि सारेको भन्दै पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गर्नुभएको हो । नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गर्नुभयो । उहाले अहिलेपनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् पूनर्गठन हुने बताउनुभयो ।

साक्षात्कारमा एमालेकी नेतृ एवं निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले एमालेले अव प्रतिपक्षीको भूमिका निर्वाह गरेर देश र जनताको सेवा गर्ने बताउनुभयो । उहाले व्यक्तित्व र क्षमताको हिसावले सुवास नेम्वाङको बिजयी सुनिश्चित रहेको बताउनुभयो ।

उहाले आफूले कृषिमन्त्रीका रुपमा छोटो अवधिमा धेरै राम्रा कामहरु गरेको दावी गर्नुभयो ।