राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी

1 year ago

राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दावी गर्नुभएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दावी गर्नुभएको हो ।

सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उहाको विश्वास छ । उहाले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताउनुभयो । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका बिषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गर्नुभयो ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री समेत रहनुभएका पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिनुभयो ।

यता कांग्रेस नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका बिषयमा बिभिन्न दलका आफ्नै दावी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताउनुभयो । मुलुकमा देखिएको आर्थिक लगाएतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उहाको भनाइ छ । उहाले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दावी गर्नुभयो ।

केसीले गठबन्धन तोडेर अस्थीरताको कारक बन्न नचाहने स्पष्ट पार्नुभयो ।