यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्न टोलीको बिदाइ

1 year ago

यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्न टोलीको बिदाइ

 

यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे । विदाई कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगाएत सवैले पनि उचिकै मेहनत गरिरहेको बताउनुभयो । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उहाको विश्वास छ ।

त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू–१९को मनोवल बढेको बताउनुभयो । उहाले दवावरहित तरिकाले प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।