महानगरले मैतीदेवीमा रहेको प्रहरी बिट भत्कायो

1 year ago

महानगरले मैतीदेवीमा रहेको प्रहरी बिट भत्कायो

 

काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ ।

मैतीदेवी चोकमा रहेको प्रहरी बिटका कारण सवारी आवागमनमा समस्या भएको र पैदलयात्रीलाई हिड्न कठिन भएपछि महानगरले भत्काएको हो । फुटपाथ अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानका क्रममा सडक छेउमा रहेको प्रहरी बिट भत्काएको महानगरले जनाएको छ । प्रहरी बिट भत्काउनु अघि प्रहरी बिटमा रहेका सवै समान हटाउन जानकारी गराएको थियो ।