मलेसियामा नेपाली कामदारले स्थानीय कामदार सरह सेवा सुविधा पाउने

1 year ago

मलेसियामा नेपाली कामदारले स्थानीय कामदार सरह सेवा सुविधा पाउने

 

मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ ।

नेपाल भ्रमणमा रहनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलका क्रममा नेपाली कामदारहरुलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएको हो । मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरुको रहेको र सेवा सुविधामा कुनै कमि हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिनुभयो । बैठकमा श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरि नविकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताउनुभयो ।

त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उहाले जानकारी दिनुभयो । मलेसियन सरकारले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।