भ्रष्टाचार नियन्त्रणमा सबै लागी परौँः राष्ट्रपति भण्डारी

1 year ago

भ्रष्टाचार नियन्त्रणमा सबै लागी परौँः राष्ट्रपति भण्डारी

 

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी रहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पु¥याउने भएकाले यसको नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी रहेको बताउनुभएको हो । भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन उहाले आह्वान पनि गर्नुभयो । उहाले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको र कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्ने विषय वर्तमान सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा समेटिएको जानकारी दिनुभयो । भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न अख्तियारले स्वतन्त्र, निष्पक्ष र निर्भिकताका साथ अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने उहाले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो भने अख्तियारको स्थापना दिवसका अवसरमा गरिएको बिभिन्न रचनात्मक कार्यक्रमका बिजयीहरुलाई पुरस्कृत गरिएको थियो ।