भारतीय सचिव विनयमोहन क्वात्रा र परराष्ट्रमन्त्री डा विमला राईबिच शिष्टाचार भेटवार्ता

1 year ago

भारतीय सचिव विनयमोहन क्वात्रा र परराष्ट्रमन्त्री डा विमला राईबिच शिष्टाचार भेटवार्ता

 

नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा विमला राईसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास सहायता अभिवृद्धि गर्ने, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरुट लगाएतका बिषयमा कुराकानी भएको मन्ी राईले जानकारी दिनुभयो । नेपालमा लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आउनुभएको हो ।