भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा

1 year ago

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा

 

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार आइपुग्नुभएको हो ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको उहाँको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको दुवै देशको छ ।