बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती विरुद्ध प्रदर्शन

1 year ago

बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती विरुद्ध प्रदर्शन

 

नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बैंकिङ व्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थका कारण व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरुको गुनासो छ ।

उनीहरुले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ व्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताउनुभयो । उहाले आफुहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो ।