प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

1 year ago

प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दै सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँबसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । घटनामा संलग्न अन्यको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा दैलेख भगवती गाँउपालीका घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही खैरेनी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा शिवसताक्षी घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् । पक्राउ परेकाहरुबाट डिजिटल घडी, एयरफोन, केहि थान मोवाइल एनटिसी र एनसेलको ४ हजार बराबरको रिचार्ज कार्ड लगाएत वरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै आन्दोलनका क्रममा प्रहरीको भ्यान आगजनीका साथै प्रहरी विट तोडफोड गर्ने ५ जनालाई पनि पक्राउ गरिएको कार्कीले बताउनुभयो । आगजनीका कारण प्रहरीका दुई वटा गाडीमा क्षति भएको र गाडीभित्र रहेको बिभिन्न सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएको उहाले बताउनुभयो । उहाले नेपालमा विशिष्ट व्यक्तिको आगमन भएकोले पनि प्रहरीले संयमता अपनाएको बताउनुभयो ।