पुरानो राजनीतिक सहमती कायम भए तत्काल सरकारमा जान्छौः सन्तोष परियार

1 year ago

पुरानो राजनीतिक सहमती कायम भए तत्काल सरकारमा जान्छौः सन्तोष परियार

 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमती कायम भए तत्काल सरकारमा जाने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले साोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जाने बताउनुभएको हो । राष्ट्रपतिमा पनि विगतकै सहमती अनुरुप सत्तागठबन्धनबाटै चयन हुने उहाले बताउनुभयो । उहाले विगतका राष्ट्रपतिहरु कुनै न कुनै विवादमा तानिएको बताउँदै अव निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने ब्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गर्नुभयो । परियारले अहिले मुलुकलाई राजनीतिक अस्थीरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राख्नुभयो । उहाले बैशाख २ गते चितवन क्षेत्र नं दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवी लामिछानेलाई नै पुनः उम्मेदवार बनानउने र लामिछानेले भारी मतले बिजय हुने दावी गर्नुभयो ।

उहाले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेसिता रहेको बताउँदै आगामी महाधिवेशनमा यहि बिषय दस्तावेजमा समेटिने बताउनुभयो ।