प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको बताउनुभएको छ ।

1 year ago

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाँउगाउमा पुराउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको बताउनुभएको हो । उहाले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरु अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रीत भएको धारणा राख्नुभयो । संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उहाले बताउनुभयो । उहाले बाँकी कानून निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरुमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा मात्रै नभई लाइफ एण्ड डेथको सवाल ठानेको बताउनुभयो । पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सकारात्मक सुधार संकेत देखिएपनि स्थायी प्रकृतिको भने नरहेको उहाको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपले समृद्धिको ट्रयाकमा लैजाने सम्भावना रहेकाले सहि नीतिका साथ अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा ’सेजन अवार्ड’ बाट ६ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।