प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका प्राप्त उपलव्धीको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताउनुभएको छ ।

1 year ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका प्राप्त उपलव्धीको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताउनुभएको छ ।

 

आदिवासी जनजाती आयोगको दोश्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त उपलव्धी रक्षा र अर्थतन्त्र लगाएतमा रहेको चूनौतिहरुलाई सहि बाटोमा लैजान राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताउनुभएको हो । उत्पीडितहरुको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिने र राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले समाजको रुपान्तरणका लागि संघर्ष र त्याग गर्नेहरुलाई नै सम्मान गर्न चुकेको भन्दै उनीहरुको नेतृत्व स्थापित र सम्मान गर्न नसके प्राप्त उपलब्धि पनि खोसिने खतरा रहने धारणा राख्नुभयो । उहाले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने भएकाले मुलुकको व्यवस्थालाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलिरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने कुरा ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको बताउनुभयो । कार्यक्रममा उहाले आयोगको आदिवासी जनजाती अध्ययन पुस्तक सार्वजनिक गर्नुभएको थियो ।