प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः घिमिरे

1 year ago

प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः घिमिरे

 

सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा खेल क्षेत्रको बिकास गर्नका लागि प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । उहाले खेलको माध्यमबाट राष्ट्रको चिनारी हुने भएकाले सवै मिलेर यस क्षेत्रलाई मागि उठाउनुपर्ने आवश्यता रहेको धारणा राख्नुभयो । सार्वजनिक संस्थानहरु मिलेर आयोजना गरेको प्रतियोगीताले खेलको बिभिन्न क्षेत्रमा थप योगदान पुग्ने उहाको भनाइ छ ।

बिहीबारबाट सुरु सार्वजनिक संस्थान खेलकुद प्रतियोगितामा बिभिन्न सार्वजनिक संस्थानका टीमहरुले व्याडमिन्टन खेलमा प्रतिष्पर्धा गर्नेछन् ।