प्राथमिकतामा रहेका विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु

1 year ago

प्राथमिकतामा रहेका विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु

 

सरकारले प्राथमिकतामा रहेका बिभिन्न विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा बिभिन्न दलका सचेतकहरुसंग छलफल गर्नुभएको हो । छलफलका क्रममा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ । छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुङ्गो लगाउने र यसअघि थाँती रहेका बिधेयकहरुलाई प्राथमिकता आधारमा अघि बढाउने सहमति भएको जानकारी दिनुभयो । संसद सुरु भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अव संसदलाई बिजनेश दिने बिषयमा छलफल केन्द्रीत भएको उहाले बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थीत गराउने र विधेकहरुलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासंग जोड्ने गरि बिधेयकलाई अघि बढाउने बिषयमा सवै दलहरुसंग छलफल गरिएको जानकारी दिनुभयो ।

सरकारले विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लैजाने तयारी गरेको छ ।