नियन्त्रित लागू औषधसहित ६ जना पक्राउ

1 year ago

नियन्त्रित लागू औषधसहित ६ जना पक्राउ

 

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ठूलो मात्रामा नियन्त्रित लागू औषधसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । काठमाडौं महानगर १६ स्थीत दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागू औषध र रु ४ लाख १७ हजार नगद बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विकास राज खनालले जानकारी दिनुभयो । शेर्पालाई पक्राउ गरि थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको व्युरोले जनाएको छ । त्यस्तै व्युरोले त्रिभुवन विमानस्थलबाट थाईलाईन एयरलाईन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकहरुलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागू औषध चरेश सहित पक्राउ गरिएको व्युरोका प्रमुख खनालले बताउनुभयो ।

त्यस्तै व्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हिरोइन सहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।