नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल

1 year ago

नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल

 

नेपाल र भारतबीच बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको छ ।

सोमबार काठमाडौंमा भएको नेपाल र भारतवीचको सचिवस्तरीय बैठकका क्रममा दुईदेशिय सम्बन्धका साथै बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको हो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फबाट भारतका विदेश सचिव विनयमोहन क्वात्राको टोली सहभागी थिए । सो क्रममा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको बताइएको छ । भारतका विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नै काठमाडौं आउनुभएको हो ।