नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ ।

1 year ago

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले आगामी दिनमा नेपाली राष्ट्रिय क्रिकेट टीमले राम्रो गर्ने बताउनुभयो । उहाले प्रशिक्षणमा क्रममा खेलाडीहरुले राम्रो क्षमता देखाएको जिकिर गर्नुभयो । आफ्नो अहिलेको योजनामा १२ वटा एकदिवसीय खेल र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै भएको उहाको भनाइ छ । सन्दीप लामिछानेका बिषयमा उहाले मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिएको र टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको उहाले बताउनुभयो ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले १० दिनअघिदेखि प्रशिक्षण सुरु गरे पनि केहि प्रक्रियाका सक्न ढिलाई भएकाले सार्वजनिक गराउन ढिलो भएको बताउनुभयो । उहाले राष्ट्रिय क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर ल्याएको धारणा राख्नुभयो । उहाले सन्दीप लामिछाने सम्पूर्ण कानुनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा आएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो । क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन थियो ।