नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गर्नुभएको छ ।

1 year ago

नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गर्नुभएको छ ।

 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले सवै दलको सहयोगले नै राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गर्नुभएको हो । उहाले अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वारलाई सहयोग गर्नुपनेृ बताउनुभयो । एमालेको राष्ट्रपति भए अव पनि रबर स्ट्याम्प मात्रै हुने उहाले बताउनुभयो ।


त्यस्तै एमाले नेता योगेश भट्टराईले संसदमार्फत राष्ट्रपतिले राखेका बिषयहरुलाई सरकारले मार्गदर्शनका रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाले मुलुकमा देखिएको आर्थिक लगाएतका सवै समस्यालाई समाधान गर्न एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।