नेपाली कांग्रेसका नेताहरुले नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका छन् ।

1 year ago

नेपाली कांग्रेसका नेताहरुले नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका छन् ।

 

शनिबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले भर्खरै राष्ट्रपतिको बिषयमा टुङ्गो लागेको अवस्थामा दलहरुबीच नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका हुन् । कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिका बिषयमा दलहरुबीच छलफल भएको अहिले नै सरकारका बिषयमा छलफल गर्ने बेला नभएको बताउनुभयो । उहाले एमालेले सरकार नछाडेको अवस्थामा अहिले नै कांग्रेस सरकारमा जान नहतारिने जिकिर गर्नुभयो । मुलुकका लागि रामचन्द्र पौडेल सक्षम पात्र भएको र राष्ट्रपति निर्वाचनमा सवैले सहयोग गर्ने उहाले बताउनुभयो ।

 

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले सरकार पुर्नगठनमा जान हतार गर्न नहुने बताउनुभयो । प्रचण्ड नेतृत्वको सरकार रहेको अवस्थामा २५ गतेपछि पनि प्रचण्डकै सरकारले निरन्रतता पाउने उहाको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नया सता समिकरणका बिषमया छलफल गर्ने बेला नभएको तर आगामी दिनमा भने नया समिकरण बन्न सक्ने तर्क गर्नुभयो । उहाले २५ गतेसम्म धमिलो पानीमा खेल्ने एमालेको षडयन्त्र पुरा नहुने जिकिर गर्नुभयो ।

 

उहाले संविधानको रक्षाका लागि पनि कांग्रेसका उम्मेदवारको बिजयी सुनिश्चिित रहेको बताउनुभयो ।