नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति होः मन्त्री किराती

1 year ago

नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति होः मन्त्री किराती

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजको नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति भएको बताउनुभएको छ ।

न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजत जयन्ती समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उहाले प्रकृति सम्पदा र मानव सम्पदालाई मिसाएर निर्माण हुने नेपालीपनको संस्कृति नै आजको नेपालको पर्यटन भएको बताउनुभएको हो । संस्कृतिलाई बिकाससंग जोड्न सकिएन भने आत्मनिर्भर बिनाको समृद्धि हुने उहाले बताउनुभयो । उहाले स्थानीय संस्कृतिलाई जोगाउदै पर्यटन क्षेत्रलाई माथि उठाउन सके मुलुक समृद्ध हुने जिकिर गर्नुभयो । मन्त्री किराँतीले जिर्णोदारका कामलाई अघि बढाउनका लागि बाधक भएको ऐन कानूनलाई सच्चाउदै स्थानीय तवरबाटै जिर्णोदार गर्न सकिने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालीकाले समितिलाई रु ५ लाख सहयोग हस्तान्तरण गरेको थियो ।