नागरिकता विधेयकलाई तत्काल अघि बढाउन यादव द्वारा सरकारको ध्यानाकर्षण

1 year ago

नागरिकता विधेयकलाई तत्काल अघि बढाउन यादव द्वारा सरकारको ध्यानाकर्षण

 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयकलाई तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा सांसद यादवले यसअघि पटक पटक नागरिकता विधेयक रोक्ने प्रयास भएको भन्दै अव तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले अव पनि नागरिकता विधेयकलाई रोक्न खोजे आफ्नो पार्टीले संघर्ष सुरु गर्ने बताउनुभयो । नागरिकताबिहीन हुदा जन्मसिद्ध नागरिकहरुले पिडा भोगिरहेको भन्दै आवाजविहीनको आवाज कसैले नसुनेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने चेतावनी दिनुभयो । सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश राज्यले नमानेको भन्दै सदनबाटै आफ्नो संघर्ष सुरु भएको उहाले बताउनुभयो ।

उहाले झुटा मुद्धा लगाएर थारुहरुलाई थुन्न नपाउने धारणा राख्नुभयो ।