नेकपा माओवादी केन्द्र मधेस प्रदेशको सरकारमा सहभागी

1 year ago

नेकपा माओवादी केन्द्र मधेस प्रदेशको सरकारमा सहभागी

नेकपा माओवादी केन्द्र मधेस प्रदेशको सरकारमा सहभागी भएको छ ।

मंगलबार माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । यसअघि मन्त्रालयमा विषयमा विवाद हुदा मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको थिएन् । माओवादी केन्द्र सहभागी भएसंगै मधेस प्रदेशको सरकारले पूर्णता पाएको छ । मधेस प्रदेशमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्रीको जिम्मेवारी लिएर सरकारमा सहभागि छन् ।