नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र सहमति नभए विचार, दृष्टिकोण, उद्देश्य मिल्नेसंग सहमति खोज्ने निर्णय गरेको छ ।..

1 year ago

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र सहमति नभए विचार, दृष्टिकोण, उद्देश्य मिल्नेसंग सहमति खोज्ने निर्णय गरेको छ ।..

 

पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सहमतिको कोशिस गर्ने र सहमति नभए बिचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष रहेको बताउनुभयो । उहाले सवै पक्षसंग छलफलका लागि खुल्ला रहेको र सवै मिलेर अघि बढौ भन्ने माओवादीको धारणा रहेको बताउनुभयो । पौडेलले अहिले एमालेलाई बाहिर राखेर नभइ सवै मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाले गृहमन्त्रीको बारेमा अव रास्वपाको धारणा बुझ्ने र अघि बढ्ने बताउनुभयो ।

बैठकपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताउनुभयो । अहिले सवैसंग कुरा भइरहेको र समस्या समाधान हुने उहाको भनाइ छ ।


स्थायी कमिटी बैठकले दुई महिने पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । दुई महिनाको अवधिमा सवै नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरु बस्ने , रिपोर्ट तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने उहाले बताउनुभयो ।
बैठकले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेपछि आएका केहि निर्देशन र वक्तव्यहरुलाई पनि सवै तहमा लैजाने र कार्यान्वयन गर्ने निर्णय गरेको महराले बताउनुभयो ।