नेकपा (माओवादी केन्द्र)ले अदालतको फैसलाको पूर्णपाठ नआएसम्म धैर्यता राख्न रास्वपासंग आग्रह गरेको छ ।

1 year ago

नेकपा (माओवादी केन्द्र)ले अदालतको फैसलाको पूर्णपाठ नआएसम्म धैर्यता राख्न रास्वपासंग आग्रह गरेको छ ।

 

बिहीबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्न आग्रह गरेको हो । बैठकपछि प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिले नै राजनीतिक समीकरण नफेरिने दावी गर्नुभयो । बाहिर चर्चा चलेजस्तो केहि नहुने र आफुले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि नलिने उहाले बताउनुभयो ।


त्यस्तै माओवादी प्रवक्ता कृष्ण बहादुर महराले रास्वपाले धैयर्ता राख्नुपर्ने माओवादीको धारणा रहेको बताउनुभयो । उहाले अहिले गठबन्धनमा कुनै असर नपर्ने पनि बताउनुभयो । प्रवक्ता महराले प्रचण्डको व्यस्तता र गृहकार्य गर्न बाकि रहेकाले शुक्रबार बस्ने गरि स्थायी कमिटी बैठक सकिएको जानकारी दिनुभयो ।
यसअघि स्थायी कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने माओवादी तयारी थियो ।