नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेशको सरकार एक महिनामै ढलेको छ ।

1 year ago

नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेशको सरकार एक महिनामै ढलेको छ ।

 

बिहीबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएपछि सुदूरपश्चिम प्रदेशको सरकार एक महिनामै ढलेको हो । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार ३० औं दिनमा रावलले विश्वासको मत माग्नुभएको थियो । तर ध्वनी मत विभाजनका क्रममा रावलले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएको हो । विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावल स्वत पदमुक्त हुनुभएको छ । बैठकमा सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थीत थिए । नागरिक उन्मुक्तिले आफुहरुको माग पुरा नभएसम्म विश्वासको मत नदिने अडान राखेका थिए ।