नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ ।

1 year ago

नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ ।



शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ । बैठकपछि एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते भएको सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले सरकारको विषय नभइ राष्ट्रपतिको मात्रै विषय भएकाले २५ गतेसम्म पर्खने निर्णय भएको उहाँको भनाइ छ । आठ दलीय नवनेको र सामान्य बसेर कुराकानी मात्रै भएको भन्दै उहाले पुरानो गठबन्धन टुट्यो भनेर कतैबाट नआएको जिकिर गर्नुभयो ।

यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दललाई पत्रचार गर्ने निर्णय गरेको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । त्यस्तै सचिवालय बैठकले अर्थ तथा योजना बिभागको सचिवमा दिपक प्रकाश भट्टलाई मनोनयन गरेको छ भने केन्द्रीय सदस्य दुर्गा प्रसाइलाई पार्टीबाट हटाउने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो ।