नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुले देश बर्बाद पार्न खोजेको बताउनुभएको छ ।

1 year ago

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुले देश बर्बाद पार्न खोजेको बताउनुभएको छ ।

 

मंगलबार काठमाडौंमा पार्टी निकट अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशलाई बर्बाद पार्न बिभिन्न शक्तिहरु सक्रिय रहेको र त्यसको पहिलो प्रहार एमाले माथि हुनसक्ने बताउनुभयो । ओलीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउनु सफलताको कुरा भएको भन्दै उहाले एमालेसंग बहुमत नरहेको अवस्थामा यो स्थीति नफेरिएला भन्न नसकिने धारणा राख्नुभयो । उहाले मुलुकमा स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको र संसद्को बनावट नै अस्थिरताको कारक बनेको जिकिर गर्नुभयो ।

ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कहिल्यै गलत हुन सक्ने धारणा राख्नुभयो । त्यस्तै ओलीले पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा तल्लो तहसम्म एमालेको संगठन क्रियाशिल हुने जिकिर गर्नुभयो । आगामी स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पस अनेरास्ववियुमय बनाउन उहाले निर्देशन दिनुभयो ।

ओलीले काम, बिचार बिनम्रताबाट अनेरास्ववियुको पहिचान स्थापीत गर्न पनि सुझाव दिनुभयो ।