नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको चूनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दावी गर्नुभएको छ ।

1 year ago

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको चूनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दावी गर्नुभएको छ ।

 

शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका बिषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चूनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दावी गर्नुभएको हो । अध्यक्ष नेपालले शेर बहादुर देउवा र प्रचण्डको बीचमा भएको सहमति एमालेकै कारण टुटेको र चूनावको परिणाम आएपनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको उहाले बताउनुभयो । अव वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने उहाको भनाइ छ । अध्यक्ष नेपालले चूनावमा लोकप्रिय मत पाएका दलहरुको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताउनुभयो । त्यस्तै उहाले संविधानको उलंघन गर्नेहरु सरकारमा जानु संकटको संकेत दिएको जिकिर गर्नुभयो । संसदको रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानून र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उहाले बताउनुभयो । उहाले अहिलको राजनीतिक अवस्था देखेर नेपाली जनतामा निराशा छाएको उल्लेख गर्नुभयो । उहाले संघ र प्रदेशको निर्वाचनमा पार्टीले १० सिट ल्याएपनि थ्रेसहोल्ड कटाउन नसकेको र सोचेजस्तो परिणाम पनि नआएकाले गम्भीर भएर समिक्षा गर्नुपर्ने बताउनुभयो ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवदेन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गर्नुभएको छ । मुलुकलाई सहमतिको मार्गमा डो¥याउने कि नडो¥याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ । निर्वाचनबाट ठूलो दल बनेपछि काँग्रेसमा शक्तिको घमण्ड बढ्नु, काँग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ । समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्ने छ ।