त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरलाई कारबाहि गर्यौः मन्त्री किराती

1 year ago

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरलाई कारबाहि गर्यौः मन्त्री किराती

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारवाही गरेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससंग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस मागेपछि ठाकुरलाई कारवाही गरेको बताउनुभएको हो । उहाले आफुले कसैको पनि एकपैसा नखाने र अव यस्ता अन्य घुस प्रकरणहरु खुल्दै जाने र कारवाही गर्ने चेतावनी दिनुभयो । घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो । मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारवाही हुनुपर्ने जिकिर गर्नुभयो । उहाले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि चलाइएको अभियान अन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उहाको भनाइ छ । उहाले कर्मचारीलाई हेरफेर गरेर आतंकित नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पार्नुभयो ।

मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताउनुभयो ।