त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड १० विकेटले विजयी

1 year ago

त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड १० विकेटले विजयी

 

आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार ओपनर जर्ज मुन्सेको सानदार शतकसंगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले । यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट भएका थिए । यसअघि मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ ।