जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बैद्यको प्रतिवद्धता

1 year ago

जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बैद्यको प्रतिवद्धता

 

नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले १० बर्षे जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै बैद्यले जनयुद्धको अन्तिम समयमा बिजयी हासिल गर्ने बेला पार्टीकै एउटा हिस्साले बदमासी गरेको र जनताको सपनाहरु चकनाचुर भएकाले अव जनयुद्ध सुरु गर्दा गरिएको बाचाका साथ नयाँ क्रान्ति सुरु गर्ने बताउनुभएको हो । जनयुद्धमा जनताले गरेको बलिदान र त्यागको सहि मूल्याङ्कन गरेर नयाँ क्रान्ति गर्ने र जनताको मुक्तिका लागि धोका नदिने उहाको भनाइ छ । बैद्यले जनयुद्धलाई बिचैमा तुहाएर प्रचण्डले नेपाली जनतालाई धोका दिएको भन्दै त्यसबाट शिक्षा लिदै अघि बढ्ने र प्रचण्डको विरोध र भण्डाफोर गर्ने जिकिर गर्नुभयो । उहाले जनताको तीव्र दवावका कारण सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा भएको र त्यो सकारात्मक भएको धारणा राख्नुभयो ।

बैद्यले सच्चा क्रान्तिकारीको नयाँ उत्तराधिकारीको रुपमा आफुलाई स्थापीत गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।