जनयुद्ध दिवसमा दिइएको विदाको विरोध प्रदर्शन

1 year ago

जनयुद्ध दिवसमा दिइएको विदाको विरोध प्रदर्शन

 

जनयुद्ध दिवसमा दिइएको विदा खारेज गर्नुपर्ने भन्दै द्वन्द्व पीडित र नागरिक समाजले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

जनयुद्ध दिवस नेपाल र नेपालीका लािग कालो दिन भएकाले सार्वजनिक विदा खारेज गर्नुपर्ने भन्दै समाजले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पु¥याएको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले द्वन्दपीडितलाई न्याय गर्नुपर्ने माग राखेका छन् ।