गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिनुपर्छः ओली

1 year ago

गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिनुपर्छः ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन गर्ने बेलामा भएको सहमति अनुसार नै गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिनुपर्ने बताउनुभएको छ ।

बिहीबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले कुन कुन पार्टीले के–के लिन भन्ने सहमति पहिल्यै भएको भएको र त्यसै अनुसार अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाले रास्वपालाई लिएर सत्ता गठबन्धनमा कुनै खटपट नभएको दावी गर्नुभयो । वर्तमान गठबन्धन केही साझा एजेण्डामा बनेकाले तत्कालै संकटमा पर्ने स्थिति नरहेको उहाको भनाइ छ । त्यस्तै ओलीले राष्ट्रपतिमा सत्ता पक्षको उम्मेदवार हुने र वर्तमान सत्ता समिकरणमा सहमति भए अनुसार एमालेले उम्मेदवारी दिने धारणा राख्नुभयो ।

उहाले अझै पनि लोकतन्त्रका विरुद्धको षडयन्त्र कायम रहेकाले केहि समस्या देखिएको बताउनुभयो ।