‘केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप राजनीतिकर्मी र कलाकारबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।

1 year ago

‘केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप राजनीतिकर्मी र कलाकारबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।

 

एन्फा कम्प्लेक्समा रहेको फुटबल मैदानमा भएको खेलमा एमालेका नेताहरु र कलाकारहरु सहभागी भएका थिए । फुटबलमा एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत , किरण पौडेल लगाएत सहभागी थिए भने कलाकार तर्फ जितु नेपाल, रचना रिमाल, कुमार कट्टेल लगाएत सहभागी थिए । केपी ओली कप २०७९ फागुन ११ गतेबाट सुरु हुदैछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको रहने आयोजक युवा संघ नेपालले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।