एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुन्छः थापा

1 year ago

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुन्छः थापा

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल बिषयक बिचार गोष्ठिमा थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए कठपुतली राष्ट्रपति हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताउनुभएको हो । उहाले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताउनुभयो । थापाले पाँच बर्षका लागि गठबन्धन भनेर गएका दलले प्रधानमन्त्रीको बहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामू क्षमा माग्नुपर्ने धारणा राख्नुभयो । उहाले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाउनुभयो । महामन्त्री थापाले रास्वपालाई कल्पना गरे भन्दा बढि मत जनताले दिएको भन्दै सरकारमा जानु र बाहिरिनुको जवाफ जनतालाई दिनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गर्नुभयो । उहाले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राख्नुभयो ।

झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।