एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको पृथ्वीसुब्बा गुरुङको आरोप

1 year ago

एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको पृथ्वीसुब्बा गुरुङको आरोप

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाउनुभएको छ ।

एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङ सरकारलाई समर्थन गरेर कांग्रेसले बिभिन्न पदका लागि ढडिया थापेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाउनुभएको हो । उहाले कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताउनुभयो । गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलव्धीलाई संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो । दलीय हिसावमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भएपनि गठबन्धनलाई जोगाउनका लािग एमाले उदार भएको उहाले बताउनुभयो ।

त्यस्तै एमाले सचिव योगेश भट्टराईले अहिले राष्ट्रिय सहमतिका नाममा राष्ट्रपति जस्तो संवैधानिक पदलाई शक्ति केन्द्रमा रुपमा परिभाषित गर्न खोजिएको बताउनुभयो । उहाले गठबन्धनभित्र भएको सहमतिका आधारमा प्रचण्ड प्रधानमन्त्री भएकाले अव त्यही सहमतिका आधारमा एमालेको उम्मेद्वार राष्ट्रपति हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाले वर्तमान गठबन्धन कायम रहेसम्म यसअघि भएको सहमतिबाट खण्डित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।