उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको बताउनुभएको छ ।

1 year ago

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको बताउनुभएको छ ।

 

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुँदै उहाँले कानूनबमोजिम नै मध्यावधि समीक्षा गरिएको र बजेट कार्यान्वयनलाई थप गति दिन खोजिएको बताउनुभयो । आयोजनाको छनोट, तयारी र कार्यान्वयनको प्राथमिकीकरण गरेर मात्रै अगाडि बढाइने उहाले बताउनुभयो । उहाले आयातका आधारित राजस्व प्रणालीलाई उत्पादनमा आधारित बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । उहाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको तथ्य पेश गर्नुहुँदै अर्थमन्त्रीले सञ्चित कोषमा देखिएको घाटा, राजस्व सङ्कलनमा देखिएको गिरावटलाई सरकारले मध्यनजर गरेर अगाडि बढेको जिकिर गर्नुभयो ।

बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८÷०७९’ पेश गर्नुभएको थियो । त्यस्तै बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार १ बजे बस्नेछ ।