संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

1 year ago

संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

 

आचार्यले उठान गरेका बिषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले अर्को जल्दो शरिर मेरो नहोस, गरिखाने की मरिजाने, उद्यमशिल नेपाल नारा मात्र हो सरकार ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो ।

इलामका व्यवसायी आचार्यले मंगलबार नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा बुधबार निधन भएको थियो ।