सरकारको न्यूनतम साझा कार्यक्रम तयार

1 year ago

सरकारको न्यूनतम साझा कार्यक्रम तयार

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो । उक्त मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले जानकारी दिनुभयो । शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिने उहाको भनाइ छ । साझा कार्यक्रममा सवै दलहरुको एजेण्डालाई समावेश गरिएको र मुलुक र देशको हितका लागि नै कार्यक्रम तयार भएको उहाले बताउनुभयो । सुशासन, जनतालाइ परिवर्तनको आभाष हुने गरि कार्यक्रम तय भएको ढकालले जानकारी दिनुभयो ।

पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ ।