समय आएपछि सरकारका बिषयमा आवश्यक निर्णय हुन्छः माधवकुमार नेपाल

1 year ago

समय आएपछि सरकारका बिषयमा आवश्यक निर्णय हुन्छः  माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका बिषयमा आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताउनुभएको हो ।

उहाले प्रधानमन्त्री प्रचण्डसंग पनि यस बिषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउछ भन्ने हेर्न बाँकी रहेको धारणा राख्नुभयो । त्यस्तै अध्यक्ष नेपालले अहिले बिचार मिल्नेसंग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसंग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाले पार्टी एकताका लागि जसपा लगाएतका दलसंग छलफल भइरहेको जानकारी पनि दिनुभयो ।