शव काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा थप परिक्षण हुने

1 year ago

शव काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा थप परिक्षण हुने

 

आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केहीको शव काठमाडौं ल्याइएको छ ।

चिन्न नसकिने अवस्थाका, काठमाडौं सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव मंगलबार काठमाडौं ल्याइएको हो । सेनाको हेलिकप्टरमार्फत शवलाई महाराजगंजस्थीत प्रहरी तालिम केन्द्रबाट शिक्षण अस्पताल लगिने भनिएपनि हेलिकप्टर अवतरण गर्न नसक्दा बिमानस्थलबाट अस्पताल लगिएको हो ।

शिक्षण अस्पतालमा थप परिक्षण गरेर आफन्तलाई बुझाइने र विदेशी यात्रुको शव प्रक्रिया पुराएर पठाइने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान सेती खोँचमा दुर्घटना भएको थियो ।