राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

1 year ago

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । मगरलाई उपसभामुखको उम्मेदवार बनाउन सोबिता गौतमले प्रस्ताव गर्नुभएको उहाले बताउनुभयो ।

बीबीसीले सन् २०१७ मा एक सय प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा समेत राखेकाले संसद प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पार्टीको रहेको ढकालले बताउनुभयो ।