राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने चयन

1 year ago

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने चयन

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ ।

आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा सभापतिमा मनोनित गर्ने निर्णय गरेको हो । त्यसअघि आइतबार नै बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको र दोश्रो बैठकले सभापतिमा मनोनित गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । बैठकले पार्टी संगठन बिस्तारका कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । उहाले पछिल्लो पटक देखिएको समाधान राष्ट्रिय स्वतन्त्र पार्टीको रहेकोले समाधान भइसकेकाले गृहमन्त्रालयका बिषयमा पार्टी सभापतिले आवश्यक निर्णय लिने बताउनुभयो ।

उहाले गृहमन्त्रालय रास्वपाको भागमा रहेकाले यसमा दलहरुबीच पुन दावी गर्नुपर्छ भन्ने नरहेको र गृहमा कसलाई पठाउने भन्ने निर्णय पार्टीले लिने बताउनुभयो ।