मुलुकको हितलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने ओलीको भनाई

1 year ago

मुलुकको हितलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने ओलीको भनाई

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलीत, विश्वसनिय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यसअघि छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भएको भन्दै अव नयाँ सरकारले सन्तुलीत, विश्वसनिय भरपर्दो अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनुभएको हो । छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उहाले छिमेकीहरुका लागि असल छिमेकी हुन चाहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरुमा मुलुकलाई सहभागी नगराइने जिकिर गर्नुभयो ।

नेपालको सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्ने उहाले स्पष्ट पार्नुभयो । उहाले अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगी लगाएतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रुपमा केहि गर्न नसकेको समेत बताउनुभयो ।

त्यस्तै ओलीले छिमेकी मुलुकको जाजय चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने धारणा राख्नुभयो ।